![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/03/IPO-himalayan-power-company_S5pWPN2efw.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडाैं। हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारणसभा बाेलाएको छ ।
कम्पनीको दोस्रो साधारणसभा यही पुस २९ गते काठमाण्डौको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, ६ महिनाभन्दा बढी अवधिका लागि कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी विभिन्न ऋण सुविधा लिने, सञ्चालकको निर्वाचन गर्ने,कम्पनीको रेटिङ गर्न रेटिङ एजेन्सी नियुक्त गर्ने र गत आवका वित्तीय विवरणहरु पारित गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल