काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज पुस २२ गते सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा र खरिददर १३६ रुपैयाँ ९४ पैसा छ ।
आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ८५ पैसा र खरिद दर १७० रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा छ भने कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल