काठमाडौं। स्टार्टअप कर्जाको लागि आवेदन गरेकामध्ये १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि कर्जाको लागि परेका प्रस्तावमध्ये १३१४ वटा परियोजनालाई छनौट गरेको हो ।
पुस १९ वटा सूचना जारी गर्दै प्रतिष्ठानले सर्टलिस्टमा परेका परियोजनाका सञ्चालकहरूलाई प्रस्तुतीकरणका लागि बोलाएको छ ।
प्रतिष्ठानले स्टार्टअप सहुलियतपूर्ण कर्जाका लागि आवेदन गरेका ५ हजार बढी आवेदक मध्येबाट कृषि, उद्योग, व्यापार, प्रविधि, प्रशिक्षण केन्द्र लगायतका परियोजनाहरूलाई छनौट गरेको देखिएको छ ।
आवेदन गरेकामध्ये कार्यविधिअनुसार योग्यतामा नपरेका, नवीन प्रविधि एवम् सोचको प्रयोग नदेखिएको, दर्ता नभएका लगायतका कारणले धेरै आवेदक सर्ट लिस्टमा नपरेको प्रतिष्ठानले उल्लेख गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल