राष्ट्र बैंकलाई देश श्रीलंका बन्ने चिन्ता: विलासिताका प्रोडक्टमा एलसी नखोल्न आग्रह

नेपाल राष्ट्र  बैंकले अन्य बैंकलाई एक्कासि निम्तो दियो ।  पछिल्ला महिनाहरुमा  खराब बन्दै गएको अर्थतन्त्रको बारेमा छलफल गर्नका लागि बोलाइएको हुनसक्ने बैंकहरुको पुर्वानुमान थियो ।

रुस र युक्रेनको युद्धले पेट्रोलियम पदार्थ लगायतका केही वस्तुहरुमा उच्चदरले मूल्यवृद्धि भएपछि त्यसको ठूलो असर नेपाली अर्थतन्त्रमा पनि देखिएको छ । नियन्त्रण गर्न खोज्दा पनि आयात घट्न नसकेपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरु आत्तिएका छन् ।

छलफलका लागि राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशक र अन्य केही कर्मचारीहरु थिए । बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा। प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए ।

बैठकमा सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभन्दा बढी पुर्याएको र यसलाई सीमामा ल्याउन भने । अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेको तथा अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने भएको हुँदा गाडी आयातको एलसी रोक्न भनेका थिए । विदेशी विनिमय विभागका पौडेलले विदेशी सन्चिती घट्दो अवस्थामा रहेको बताए ।

श्रेष्ठले बैठकमा भने, ‘देशको अर्थतन्त्रको अवस्था राम्रो छैन, विदेशी सन्चितीमा चाप छ, गाडी आयात रोक्नुपर्ने भयो । ‘त्यस्तै सरकारले नेगेटिभ लिस्टमा राखेका विलासिताका वस्तुहरुको आयात रोक एलसी खोलिदिनु भएन ।’

छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले श्रीलंकको आर्थिक संकटबाट पाठ नसिक्ने हो भने नेपालको अवस्था पनि श्रीलंकाको जस्तै हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्र बैंकका अधिकारीहरु गाडी, सुन, चाँदी, सुपारी, मरिच, छोकडा, मदिरा, चकलेट, कस्मेटिक्स प्रोडक्ट लगायतको आयातका लागि एलसी नखोल्न आग्रह गरेका थिए ।

‘श्रीलंकाको जस्तै अवस्थामा त हाम्रो अर्थतन्त्रको अवस्था पुगिसकेको छैन तर अब गंभीर नहुने हो भने त्यस्तो अवस्था नआउला भन्न सकिँदैन,’ राष्ट्र बैंकका अधिकारीहरुको भनाइ उदृत गर्दै एक बैंकरले भने, ‘देशलाई श्रीलंका हुनबाट बचाउन तपाईं ९बैंकरहरु०ले सहयोग गरिदिनुपर्यो ।’

बैंकिङ प्रणालीमा  तरलता अभाव झन् गरिहिँदै गएको छ । निर्यात र आयातको सन्तुलन नमिल्दा अर्थतन्त्र झनै संकट छ । समयमै सचेत नहुने हो भने श्रीलंकाले भोगेको नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *