काठमाडाैं। अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने भएका छन् । यससम्बन्धी व्यवस्थासहित अर्थ मन्त्रालयले कार्यसञ्चालन निर्देशिका बनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले सचिव, सहसचिवको जिम्मेवारीसहित मन्त्रालयले कुन फाइल कति समयमा अघि बढाउने गरी समयसीमा तोकेको मन्त्रालयले जनाएको छ ।
कार्यसञ्चालन निर्देशिका २०८१ अनुसार मन्त्रालयमा रकमान्तर/स्रोतान्तर वा कार्यक्रम संशोधनको फाइल ७ दिनभित्र अघि बढाउनुपर्नेछ । रकमान्तरका लागि सहसचिव, सचिव वा मन्त्रीले राय लिनुपर्ने भएमा ५ दिनभित्र निर्णय गर्नुपर्नेछ ।
थप निकासा दिने विषय पनि ७ दिनभित्र निर्णय गर्नुपर्नेछ । राय लिनुपर्नेमा जफाव प्राप्त भएपछिको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ । त्यसबाहेक राय दिने, सहमति दिने, सामान्वय विषय, खर्च समर्थन वा नियमित गर्नेकाम ७ दिनभित्रै गर्नुपर्नेछ । राय सुझाव आवश्यक भएमा राय प्राप्त भएको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ ।
यसको मतलब राय लिनुपर्ने फाइलसमेत अर्थ मन्त्रालय पुगेका फाइल बढीमा १२ दिनमा निर्णय भइसक्नुपर्नेछ । त्यसैगरी ऐन, नियम, विनियम, कार्यविधि राय एवम् सहमति १० दिनभित्र गर्नुपर्नेछ ।
अर्थ सन्जाल