काठमाडौं। नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जय ट्रफी पुरुष एलिट कप गुमाउने भएका छन् । दीपेन्द्र हाल अन्तर्राष्ट्रिय लिग ट्वान्टी-२० (आइएलटी)का लागि युएईमा छन् । उनलाई साबिक विजेता गल्फ जायन्ट्सले यस संस्करणको लागि रिटेन गरेको हो ।
पुलिसले शुक्रबार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
पुलिसको पहिलो खेल उद्घाटनकै दिन त्रिभुवन आर्मी क्लबसँग रहेको छ । दोस्रो खेलमा मधेश प्रदेशसँग खेल्ने पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्नेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश)को सहभागिता रहनेछ ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ ।
नेपाल पुलिसको टोली: आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला ।
अर्थ सन्जाल