एक वर्षमा त्रिभुवन विमानस्थलले गर्‍यो १३ अर्ब आम्दानी

काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ ।

यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो । सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे १२ अर्ब ८६ करोड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे ३४ करोड ९३ लाख, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे २१ करोड १३ लाख, विराटनगर विमानस्थलकाे १७ करोड ५६ लाख, नेपालगञ्ज विमानस्थलकाे १३ करोड ११ लाख, चन्द्रगढी विमानस्थलकाे ८ करोड १७ लाख, धनगढी विमानस्थलकाे ६ करोड ५६ लाख, भरतपुर विमानस्थलकाे ६ करोड ३९ लाख, लुक्ला विमानस्थलकाे ६ करोड २३ लाख र
जनकपुर विमानस्थलकाे ६ करोड १२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *