गरिमा समृद्धि योजनाका इकाई बाँडफाँड

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना”का इकाईहरु बाँडफाँड भएको छ ।

“गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाईहरु पुस ७ गतेदेखि पुस ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५१० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।

कम्पनीका अनुसार निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *