काठमाडौं। पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का दुई जना सदस्यविरुद्ध दायर भएको रिट निवेदन निवेदन खारेज भएको छ । येनेन्द्रकुमार यादवको वारेसमा मुकेश कुमार दीक्षितले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको हो ।
योग्यताको प्रश्न उठाउँदै परिषद् सदस्य राजुकुमार खत्री र रेणुका पराजुलीलाई विपक्षी बनाएर दायर भएको रिट न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले खारेज हुने फैसला गरेको हो ।
उक्त रिट गत भदौ २३ मा दर्ता भएको थियो भने विपक्षीहरू कोषको परिषद् सदस्य हुन योग्य नभएकाले उत्प्रेषणयुक्त परमादेशलगायत आवश्यक र उपयुक्त आदेश जारी गर्न माग गरिएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल