काठमाडौं । कर्जा असुलीमा समस्या देखिएपछि वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर ३२ अर्ब नाघेको छ । बैंकहरूले अहिले पनि ठूलो परिमाणमा कर्जा उठाउन सकिरहेका छैनन् । खराब कर्जा असुलीका लागि धितो लिलाम गरेपछि पनि धितो बिक्री हुन नसकेपछि बैंकहरूकोे गैरबैंकिङ सम्पत्ति बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष कात्तिकको तुलनामा १४ अर्ब ११ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष १८ अर्ब २१ करोड ८० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थियो ।
तथ्याङ्कअनुसार नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति २० करोड ४१ लाख १० हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँ बढी हो । गत वर्ष कात्तिकमा नेपाल बैंकको यस्तो सम्पत्ति १८ करोड ५४ लाख ६० हजार रुपैयाँ थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा २९ करोड ७६ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ ।
जुन एक वर्षअघि १९ करोड ७५ लाख १० हजार रुपैयाँ थियो । नबिल बैंकमा दुई अर्ब ६४ करोड ९७ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको यस्तो सम्पत्ति एक अर्ब ८२ करोड ६६ लाख ६० हजार रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गैरबैंकिङ सम्पत्ति बढेर तीन अर्ब तीन करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति एक अर्ब ८३ करोड ६४ लाख ९० हजार रुपैयाँ थियो । बहुर्राष्ट्रिय कम्पनीद्वारा प्रवद्र्धित स्टान्र्डर्ड चार्टर्ड बैंक नेपालमा भने पछिलो दुई आर्थिक वर्षमा गैरबैंकिङ सम्पत्ति शून्य छ । हिमालयन बैंकमा गैरबैंकिङ सम्पत्ति बढेर तीन अर्ब ६३ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा हिमालयको यस्तो सम्पत्ति ८२ करोड ७८ लाख ८० हजार रुपैयाँ थियो ।
नेपाल एसबीआई र एभरेष्ट बैंकमा भने पछिल्लो समय क्रमशः ३५ करोड ३९ लाख १० हजार र ५१ करोड १२ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकहरूको यस्तो सम्पत्ति क्रमशः छ करोड ६० लाख ५० हजार र पाँच करोड ९९ लाख १० हजार रुपैयाँ थियो ।
एनआईसी एसिया बैंकमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर चार अर्ब २२ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एनआईसीको यस्तो सम्पत्ति तीन अर्ब ५४ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो ।
माछापुच्छ्रे, कुमारी र लक्ष्मी सनराइज बैंकमा भने क्रमशः एक अर्ब तीन करोड ३२ लाख, दुई अर्ब ६६ करोड ७३ लाख ८० हजार र एक अर्ब ५९ करोड ८८ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ८२ करोड छ लाख ३० हजार, एक अर्ब ५० करोड ६१ लाख ४० हजार र एक अर्ब २२ करोड ७४ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।
सिद्धार्थ, कृषि र ग्लोबल आईएमई बैंकमा क्रमशः ७० करोड ३८ लाख ९० हजार, ९८ करोड ३३ लाख ९० हजार र पाँच अर्ब १३ करोड १३ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ६३ करोड ५३ लाख ९० हजार, १८ करोड ७३ लाख ४० हजार र एक अर्ब ८३ करोड ७० लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, प्राइम कमर्सियल र एनएमबी बैंकमा भने क्रमशः ८० करोड ९९ लाख १० हजार, एक अर्ब ६७ करोड ७१ लाख र एक अर्ब दुई करोड ६४ लाख ७० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा क्रमशः २७ करोड ३७ लाख ७० हजार, एक अर्ब ८० करोड छ लाख २० हजार र ६९ करोड ७७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । (आर्थिक दैनिकबाट)
अर्थ सन्जाल