काठमाडाैं। साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा बन्द भएको हो।
आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ । शेयर बजारमा १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । न्यादी हाइड्रोको २० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अर्थ सन्जाल