प्रि ओपन सेसनमा नेप्से सूचक २.३३ अंकले बढ्यो

काठमाडाैं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २.३३ अंक बढेर बन्द भएको छ। सेसनमा २.३३ अंक बढेर २५८३.९४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३४ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४३ स्टकको ७७ पटकको कारोबारमा २ करोड ८६ लाख ६६ हजार १४१ रुपैयाँ ४० पैसा बराबरको ४५ हजार ३६६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *