


काठमाडौं । आज पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र निम्न कम्पनीको लाभांश प्राप्त गर्न सक्न्नेछन् ।
हिमालयन डिष्टिलरी
यस कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ। यो प्रस्ताव पारितका लागि यही पुस २८ गते आइतबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, विरगन्ज महानगरपालिका वडा नं.–२१, पर्सामा बिहान १० बजेदेखि साधारणसभा बस्दैछ।
बोटलर्स नेपाल (तराई)
यस कम्पनीले शेयरधनीलाई प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि यही पुस २६ गते शुक्रबार होटल र्याडिसल, लाजिम्पाट, काठमाडौंमा बिहान अपरान्ह १२ बजेदेखि साधारणसभा बस्दैछ।
मेरो माइक्रोफाइनान्स लघुवित्त
यस कम्पनीले चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि आउदो माघ ४ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, बिदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे १० बजेदेखि सभा बस्नेछ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स
यस कम्पनीले चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारितका लागि यही पुस २९ गते सोमबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बस्नेछ।
सूर्याेदय वोमी लघुवित्त
यस कम्पनीले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। लघुवित्तले घोषित लाभांश पारितका लागि यही पुस २८ गते आइतबार महालक्ष्मी नगरपालिका वडा नं.–८, लुभु, ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ।

अर्थ सन्जाल