काठमाडौं । आज पनि अमेरिकी डलरले नयाँ मूल्य रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिददर१३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। हिजो अमेरिकी डलरको खरिददर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ रेकर्ड मूल्य कायम भएको थियो।
त्यस्तै, यूरोको खरिददर १४१.५३ रुपैयाँ र बिक्रीदर १४२.१५ रुपैयाँ तोकिएको छ भने अष्ट्रेलियन डलरको खरिददर ८४.६२ रुपैयाँ र बिक्रीदर ८४.९९ रुपैयाँ तोकिएको छ।
Artha Sanjal
अर्थ सन्जाल