आइसिएफसि फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट

काठमाडाैं। आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपालबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त साझेदारिमा आइ.सि.एफ.सि. फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ्ग र वन्डर्स नेपालको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *