काठमाडाैं। आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ .१० अंकले बढेर २५८१.६० को विन्दुमा कायम भएको छ ।
आज ३०५ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्य ८ वटा समूह उकालो लागेका छन् भने ५ वटा वटा समूह ओरालो लागेका छन् । आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । याे दिन ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ६९ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्रिशुली जलविद्युत कम्पनीको ९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अर्थ सन्जाल