काठमाडाैं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० को विन्दुमा झरेको छ।
आज ३०८ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्य १ वटा समूह उकालो लागेका छन् भने १२ वटा वटा समूह ओरालो लागेका छन् । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । याे दिन ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.०१ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । निफ्राका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अर्थ सन्जाल