काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ताेलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल