काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका साई स्वागत सहकारीका निवर्तमान अध्यक्ष भरतमणि जंगम र तत्कालिन कोषाध्यक्ष लुमन दाहाल रिहा भएका छन् । सहकारीको बचत अपचलन गरेको अभियोगमा पुस ७ गते पक्राउ परेका जंगम र दाहाल गत शुक्रबार रिहा भएका हुन् । उनीहरुले बचतकर्तालाई करिब १ करोड १० रुपैयाँको ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् ।
पीडित बचतकर्तालाई चेक दिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा दुवै जना गत शुक्रबार रिहा गरेको प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले उक्त सहकारीको २०८० चैत २३ गते अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बचत फिर्ता नगरेको पाएपछि विभागले थप अनुसन्धान गर्न भन्दै प्रहरी परिसर काठमाडौंमा फाइल पठाएको थियो । उक्त फाइलका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल