काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यास ब्याकको अफर सुरु गरेको छ ।
यो अफर आज अर्थात् पुस १४ गतेदेखि १८ गतेसम्म लागू हुनेछ ।
अफर अन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक हरेक टिकटमा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्।
Artha Sanjal
अर्थ सन्जाल