चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आवको ८ महिनामा सर्वाधिक नेपाल लाइफले आर्जन गरेको छ। कम्पनीले २३ अर्ब ९३ करोड रुपैयाँ आर्जन गरेको हो।
दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स छ। कम्पनीले यो अवधिमा ११ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
तेस्रो स्थानमा रहेको नेशनल लाइफले ९ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा छ। संस्थानले ८ महिनामा ६ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
नयाँ जीवन बीमा कम्पनीमध्ये युनियन लाइफले ५ अर्ब ५८ करोड, एसियन लाइफले ४ अर्ब ५४ करोड, मेट लाइफले ३ अर्ब ५७ करोड, सिटिजन लाइफले ३ अर्ब ४८ करोड, प्राइम लाइफले ३ अर्ब ४२ करोड, सूर्या लाइफले ३ अर्ब २२ करोड, रिलायबल नेपालले २ अर्ब ६६ करोड, ज्योति लाइफले २ अर्ब ३४ करोड र आइएमई लाइफले २ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेका छन्।
गुराँस लाइफले २ अर्ब ८ करोड, रिलायन्स लाइफले एक अर्ब ८६ करोड, सानिमा लाइफले एक अर्ब ५३ करोड, प्रभु लाइफले १ अर्ब ३२ करोड र महालक्ष्मी लाइफले ९३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।







