हेलिकप्टरमा चरा ठाेक्किदा आकस्मिक अवतरण

काठमाडौं। लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ ।

एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको जनाइएको छ । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *