काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले जनकपुरधाममा विजय उत्सव निकालेका छन् ।
जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् ।
ट्रफीसहित जनकपुरधाम स्थित रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेडमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश शिंहले सबैलाई स्वागत गरेका छन् ।
रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेड जनकपुरधामको नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।
पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल