काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख १४ हजार ३०२.८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले लगानीकर्तालाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल