मन्दाकिनी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको पुस ७ गते सम्पन्न ११औँ वार्षिक साधारणसभाबाट पारित १ः१.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरतर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।

साधारणसभापश्चात् कम्पनीको अधिकृत पुँजी रु. २ अर्ब तथा जारी पुँजी रु. ६४ करोड ६७ लाख (५ प्रतिशत बोनस शेयरपश्चात्) पुगेको छ। कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसिरदेखि व्यावसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ।

हकप्रद शेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *