काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेड र सर्वोत्तम सिमेन्टको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । ग्रीन भेन्चर्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात मूल्य ५१०.४५ रुपैयाँ कायम भएको छ ।
यता, सर्वोत्तमको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पश्चात मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर यिनीहरुको आइतबार कारोबार खुला हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल