काठमाडाैं। नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४०० रुपैयाँ बढको भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल