काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ४.१९ अंकले बढेर २,६३०.७१ को विन्दुमा कायम भएको छ ।
आज ३१० कम्पनीको ५ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । याे दिन ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ५० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ७.३२ प्रतिशतका दरले कमाएका छन् । प्रभु बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ सन्जाल