काठमाडाैं । विभान्ता डेन्टल हस्पिटल प्रा.लि. र हिमाल डेन्टल हस्पिटल प्रा.लि.सँग प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीलाई २० प्रतिशत विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। यस सम्झौतासँगै, प्रभु बैंकका कर्मचारी र उनका परिवारजन तथा ग्राहकहरूले दन्त सेवामा छुट प्राप्त गर्ने छन्।
उक्त सम्झौता–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरेका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल