रविलाई बयानका लागि अदालत लगियो, लीलाको बयान जारी

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ । उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ ।

हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *