नेप्सेमा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७.४७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा बन्द भएको थियो ।
आज १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य ९.१२ प्रतिशतले बढेर प्रतिकित्ता १४७० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५९६.५० रुपैयाँ पुगेको छ । नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२७७.३० रुपैयाँ पुगेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी इमर्जिङ नेपालको भएको छ । यो कम्पनीको आज ६३ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।







