काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले फेरि एकपटक सर्वाधिक रोजगारदाता र सर्वाधिक निर्यातकर्ताको पुरस्कार प्राप्त गरेको छ । रिलायन्सलाई नेपाल समुद्रपार निकासी पैठारी संघले उक्त पुरस्कार प्रदान गरेको हो ।
हालै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रिलायन्सलाई संघको उक्त पुरस्कार प्रदान गरेका थिए ।
रिलायन्सले पाएको यो पुरस्कारले उत्कृष्टता, रोजगार सिर्जना, विश्वव्यापी व्यापार लगायत समग्र मुलुकको विकासमा गरेको योगदानलाई उजागर गरेको संघले जनाएको छ ।
रिलायन्स लगायत ठूला उद्योगले सरकारी प्रोत्साहन समयमै नआउने र आईपीओ स्वीकृतिमा अनावश्यक अडचन जस्ता समस्या झेल्नुपरिरहेको अवस्थामा पनि कम्पनीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल