काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्टअनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण हालसम्म खुलेको छैन ।
कजाखस्तानको आपतकालीन मन्त्रालयले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जानकारी दिएको छ ।
कजाकिस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ । समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई हवाला दिंदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो । जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’
Artha Sanjal
अर्थ सन्जाल