घट्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *