काठमाडौं। प्रभु बैंक लिमिटेडले २३ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो। सभा काठमाडौंको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/०८१ वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
सभामा लाभांश सम्बन्धी कुनै एजेन्डा राखिएको छैन । तसर्थ बैंकका शेयरधनीको हात यो बर्ष पनि खाली हुने भएको छ ।
त्यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व.२०८०/०८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ।
उक्त सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तवा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०८१/०८२ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
साधारण सभाले संस्थापक समूहवाट ३ जना र सर्वसाधारण समूहवाट ३ जना समेत गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।
अर्थ सन्जाल