काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ। आज शेयर बजार नेप्से परिसूचक १४.११ अंकले बढेर २,६२६.३१ को विन्दुमा कायम भएको छ ।
आज ३१२ कम्पनीको ५ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज १६७ कम्पनीको मूल्य बढ्यो भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ । याे दिन ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जोशी हाइड्रोको १९ कुरोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८.६० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ सन्जाल