काठमाडौं । प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।
सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि निलम्बित भएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल