काठमाडौं। महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। सभा एलिस रिसेप्सन, सुवर्ण सम्शेर मार्ग, ग्रह्रीधारा, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।
सभामा २०८०–८१ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, वासलात, नाफा–नोक्सान र नगद प्रवाहका बारेमा छलफल हुनेछ।
सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरिने छ, जसका अनुसार पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Artha Sanjal
अर्थ सन्जाल