काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा बन्द भएको छ।
आज ३२८ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड काथिको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्य १२ वटा समूहमा हरियालि छाएकाे छ भने १ वटा समूहमा राताे पाेतिएकाे छ । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ । याे दिन ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको ११ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मोलुङ हाइड्रोको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।
अर्थ सन्जाल