काठमाडाैं । नेपाल प्रिमियर लिगको फाइनलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा दर्शकमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
डाेटीको आदर्श गाउँपालिका– २ घर भएका २१ वर्षीय अशोक साउद र डोटीको दीपायल सिलगढी नगरपालिका– १ घर भई हाल कीर्तिपुर बस्ने गणेश साउद पक्राउ परेका हुन् ।
गत शनिबार भएको फाइनल खेलमा केही दर्शकमाथि कुटपिट गर्नुका साथै अपमान गरिएको थियो ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेलमा जनकपुरका केही समर्थकमाथि अभद्र व्यवहार भएकोमा सर्वत्र आलोचना भइरहेको छ ।







