समृद्धि फाइनान्सले हकप्रदमा अवितरित ९ लाख कित्ता बढी शेयर लिलाममा आउने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्ने भएको हो।
हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको थियो। हकप्रदमा संस्थापकतर्फ ६३ जना र सर्वसाधारणतर्फ ८ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा उनीहरुलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो । फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।
वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।






