काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर संशोधन गरेको छ। कम्पनीले १६औँ वार्षिक साधारण सभाले पारित गरेको हकप्रद सेयर संशोधन गरेको हो।
कम्पनीको १६ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले सो हकप्रद शेयर साधारण सभाले पारित गरेपश्चात निष्काशन गर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल