निलम्बित इन्स्पेक्टर शाही अदालतमा उपस्थित

काठमाडौं । निलम्बित प्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाही अदालतमा उपस्थित भएकी छन् । आइतबार उनी ललितपुर जिल्ला अदालतमा हाजिर भएकी हुन् ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका थिए ।

घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *