काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘एनआईएमबी डिबेन्चर २०९०’ जारी गर्ने अनुमति दिएको हो।
बैंकले १ हजार रुपैयाँ अंकित दरका ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गर्नेछ। यसमध्ये १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि र २४ लाख २४ हजार इकाइ व्यक्तिगत बिक्रीका लागि उपलब्ध गराइनेछ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
यो १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
Artha Sanjal
अर्थ सन्जाल