काठमाडाैं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ । मलेसियामा शुक्रबार भएको खेलमा बंगलादेशसँग ९ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
वर्षाले ११ ओभर छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । तर नेपालले दिएको सामान्य लक्ष्य बंगलादेशले १ विकेट गुमाएर ७ बल बाँकी छँदै पूरा गर्यो ।
नेपालले प्रतियोगितामा पाकिस्तानलाई पराजित गरेको थियो । वर्षाले गर्दा भारत र श्रीलंकाविरुद्धको खेलमा एक/एक अंक बाँडेका थिए ।
नेपाललाई पराजित गरेको बंगलादेश र भारत फाइनलमा पुगेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल