काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ । दाेस्राे क्वालिफायरमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले ११९ रनकाे लक्ष्य पाएको हो ।
कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २/२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान १/१ विकेट लिए ।
Artha Sanjal
अर्थ सन्जाल