काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली याक्सले दुवै ओपनर गुमाएको छ । सात ओभरमा खेल आइपुग्दा कर्णालीले दुवै ओपनर जयकिशन कोलसेवाला र देव खनाललाई गुमाएको हो ।
त्यसैगरी तेस्रो क्रमका जीसन मक्सूदलाई पनि कर्णालीले गुमाएको छ । उनले ११ बलमा १२ रन बनाएको अवस्थामा विकेट किपरबाट क्याच आउट हुन पुगेका छन् । यसअघि देव खनालले २० बल सामना गर्दा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । उनलाई ब्याटिङबाट जनकपुरका जेम्स नीशमले आकाश त्रिपाठीमार्फत क्याच आउट गराउँदै बिदा गराएका हुन् ।
कर्णालीले पहिलो विकेटकारुपमा ओपनर जयकिशन कोलसेवालालाई गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् । ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् । खेल ७ ओभरमा पुग्दा कर्णाली ३ विकेट गुमाएर ५१ रनको अवस्थामा छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।
अर्थ सन्जाल