काठमाडौं । आज सेयर बजार घटेकाे छ । आज सेयर बजार नेप्से परिसूचक ५.६० अंकले घटेर २,६२८.२६ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको ४ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । याे दिन १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिभर फल्स पावरको १२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मानुषि लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानीकर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ सन्जाल