दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध उनका छोरा निराजनले दायर गरेको दोस्रो बन्दीप्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।

उनको यसअघिको बन्दीप्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि निराजनले दोस्रो रिट दर्ता गराएका हुन् ।

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *