काठमाडौं। एसीसी महिला अण्डर १९ एसिया कपमा नेपाल आज भारतसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्ले अर्थात सुरुवाती ६ ओभरमा १ विकेट र १० ओभरमा अर्खाे विकेटको क्षतिमा ४३ रन बनाएको छ ।
नेपालकी ओपनर सावित्री धामी ३ रन बनाएर आउट भएकी छिन् । अर्की ओपनर सना प्रविन ९ रन बनाएर आउट भएकी छिन् । कप्तान पूजा महतो १८ रन बनाएर खेलिरहेकी छन् । यो समूह चरणको अन्तिम खेल हो । यससँगै सुपर ४ समीकरण पूरा हुनेछ ।
नेपाल यो खेलअघि नै पाकिस्तानलाई हराउँदै सुपर ४ प्रवेश गरिसकेको छ । आजको खेलको नतिजाले नेपालको आगामी खेल तालिका तय गर्नेछ । सुपर ४ मा नेपालले बंगलादेश र श्रीलंकाविरुद्ध खेल्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल